Rule 85
बासस्थान कोषको रकम खर्च गर्न सक्ने
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत कुनै प्रतिष्ठानमा श्रम ऐन, २०४८ को दफा ४१ बमोजिम स्थापित बासस्थान कोष कायम रहेछ भने त्यस्तो कोषको रकम प्रतिष्ठानले श्रमिक आवासको व्यवस्थापन गर्न वा श्रम सम्बन्ध समितिको निर्णय अनुसार श्रमिकको हित हुने कुनै योजनामा खर्च गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको कोषमा रकम बाँकी रहेको अवस्थामा प्रतिष्ठान बन्द भएमा वा लिक्विडेशनमा गएमा त्यस्तो रकममध्ये पचास प्रतिशत रकम रोजगारदाताले र बाँकी पचास प्रतिशत रकम तत्काल कायम रहेका श्रमिकहरूबीच दामासाहीले  वितरण गर्नु पर्नेछ।